सुदूरपश्चिममा थप १२९ जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन \डडेल्धुरा : सुदूरपश्चिममा थप १२९ जनामा कोरोना पुष्टि भएको छ। बिहीबार सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा १ हजार २ सय ११ जनाको कोरोना परीक्षण भएकोमा १ सय २९ जनामा संक्रमण देखिएको हो।
कैलालीका ५०, डोटीका ३४, अछामका ३०, कञ्चनपुरका १४ र डडेल्धुराका १ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा ६ सय ९४ जनाको कोरोना परीक्षण भएकोमा ६४ जनामा संक्रमण पुष्टि भएको छ।
डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा ४७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ३ सय ७० जनाको कोरोना परीक्षण भएकोमा ४७ जनामा संक्रमण पुष्टि भएको हो।
अछामको मेल्लेख गाउँपालिका र साँफेवगर नगरपालिकाका १५÷१५ जना गरी ३० जनामा संक्रमण पुष्टि भएको डडेल्धुरा अस्पतालका प्रयोगशाला इन्चार्ज इश्वरीप्रसाद भूषालले जानकारी दिए। उनले डोटीको आदर्श गाउँपालिकाका १६ जना र डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका १ जनामा संक्रमण भएको जानकारी दिए।
डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा १८ जनामा संक्रमण पुष्टि भएको छ। १ सय ४७ जनाको कोरोना परीक्षण भएकोमा १८ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।
उनले बताए। इन्चार्ज श्रेष्ठका अनुसार केआईसिंह गाउँपालिकाका १ महिलामा समेत संक्रमण पुष्टि भएको छ। योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ५ हजार २ सय १५ पुगेको छ। संक्रमण पुष्टि भएका मध्ये ४ हजार ३ सय बढीले कोरोना जितिसकेका छन् भने १२ जनाको मृत्यु भएको छ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु