काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा जारी, पैदल हिंड्नेलाई पनि रोक
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा जारी गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरमा गएराति १२ बजेदेखि निषेधाज्ञा जारी गरिएको हो । निषेधाज्ञाका क्रममा अत्यावश्यक बाहेकका सबै गतिविधिहरुमा निषेध गरिएको छ । तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको संयुक्त बैठकले गएराति १२ बजेदेखि लागु हुने गरी अत्यावश्यक बाहेकका गतिविधि निषेध गर्ने गरी आदेश जारी गरेको थियो ।
काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञा भदौ १० गते राति १२ बजेसम्म कायम रहनेछ । निषेधाज्ञाको समयमा सर्वसाधारणलाई बाटोमा हिंड्न समेत रोक लगाइएको छ । अत्यावश्यक सेवा तथा वस्तुबाहेकका अन्य सबै प्रकारका व्यापार, व्यवसाय सञ्चालन गर्न निषेध गरिएको हो । काठमाडौं उपत्यकामा कोरोनाको उच्च जोखिम बढ्दै गएको भन्दै सरकारले उपत्यकामा कडा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
निषेधाज्ञा जारी भएको समयमा अत्यावश्यक सेवा बाहेक कलकारखाना, सवारीसाधन, कार्यालय सबै ठप्प हुनेछन्। अत्यावश्यक काममा हिंड्नेलाई पनि मास्क अनिवार्य गरिएको छ ।
आज परेको दर खाने दिन एवं तीजमा मठ मन्दिरमा महिलाहरुको भिडभाड हुने सम्भावनालाई मध्यनजर गर्दै प्रशासनले एक साताका लागि निषेधाज्ञा जारी गरेको हो । जनस्वास्थ्य विज्ञहरुले काठमाडौं उपत्यकालाई कोरोनाको उच्च जोखिम भएको क्षेत्रमा राख्दै बढी सतर्कता अपनाउन सुझान दिंदै आएका छन्।
नेपालमा हालसम्म २८ हजार बढी मानिसमा संक्रमण पुष्टि भएको छ भने १२० जनाले कोरोनाबाट ज्यान गुमाएका छन्।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम