काठमाडौं उपत्यकामा भोलिदेखि एक साता निषेधाज्ञा, घरबाहिर निस्कन नपाइने
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकाका तीन जिल्लामा बुधबारदेखि पुन: लकडाउन हुने भएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले भदौ ३ गते देखि १० गते सम्मका लागि साता निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले एक साता पूर्ण लकडाउन गर्ने निर्णय गरेको हो । लकडाउनका समयमा अत्यावश्यक सेवा बाहेकका सवारीसाधन चलाउन पाइने छैन् भने अत्यावश्यक बाहेकका अन्य व्यापार व्यवसाय पनि बन्द हुनेछन्।
आज मात्रै काठमाडौं उपत्यकामा २०५ जनामा कोरोना पुष्टि भएको थियो ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम