Health TV Online
Health TV Online
Health TV Online

सुदूरपश्चिममा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिममा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन \डडेल्धुरा : सुदूरपश्चिमका थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मंगलबार डडेल्धुरा अस्पतालको प्रयोगशाला र सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा थप ४७ जनामा संक्रमण पुष्टि भएको हो ।

डडेल्धुरा प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय ४७ जनाको कोरोना परीक्षण भएकोमा ४६ जनामा संक्रमण देखिएको अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरीप्रसाद भुषालले जानकारी दिए। थपिएका संक्रमित सबै डोटीका हुन्।

उनका अनुसार शिखर नगरपालिका–१० का १६ जना, वडा नम्बर ९ का १४, वडा नम्बर ७ का १३ र वडा नम्बर १ का २ तथा दिपायल सिलगढी नगरपालिका–८ का १ जनामा संक्रमण पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६ सय ४९ जनाको कोरोना परीक्षण गरिएकोमा १ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए। कैलालीको जोशीपुर गाउँपालिका–७ का ३५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको उनले बताए।

योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ५ हजार ७३ पुगेको छ। संक्रमण पुष्टि भएका ४ हजार २ सय बढी डिस्चार्ज भएका छन्। संक्रमणबाट १२ जनाले ज्यान गुमाएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना