पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमितको मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जना कोरोना संक्रमितको आज मृत्यु भएको छ ।
अस्पतालका निर्देशक डा अर्जुन आचार्यका अनुसार कास्की पोखरा महानगरपालिका वडा नंबर १६ का ८७ पर्षीय पुरुषको उपचारका क्रममा आज मंगलबार १० ४० मा मृत्यु भएको हो । डा आचार्यले उनी उच्च ज्वरो आएका कारण साउन ३२ गते अस्पताल आएको र भदौ १ गते कोरोना पुष्टि भएपछि कोभिड आइसीयूमा राखेर उपचार गरिएको जनाए । मिर्गौला र मधुमेहका समेत रोगी रहेका उनको उपचारकै क्रममा आज मृत्यु भएको हो ।
कोरोना संक्रमण पुष्टि भएर सो प्रतिष्ठानमा हालसम्म ४ जनाको मृत्यु भइसकेको छ । यसैगरी याेसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु