Health TV Online
Health TV Online
Health TV Online

नेपालगञ्जमा ६२ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु

नेपालगञ्जमा ६२ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु

हेल्थ टिभी अनलाइन\ बाँके : बाँकेमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बाँकेमा सोमबार राती थप एकको मृत्यु भएको जनाएका छन्। नेपालगञ्ज -५ का ६२ वर्षीय पुरुषको कोरोनाबाट उपचारकै क्रममा नेपालगञ्ज शिक्षण अस्पतालमा मृत्यु भएको उनले पुष्टि गरेका छन्। साउन ३२ गते अस्पताल भर्ना भएका उनको उपचारकै सोमबार मात्र कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । कोरोना पुष्टि भएकै राती ११ ४० बजे उनको निधन भएको हो ।

योसँगै कोरोना संक्रमणका कारण बाँकेमा मृत्यु हुनेको संख्या ४ पुगेको छ । यसअघि बाँकेमा ३ जनाको मृत्यु भइसकेको छ । बाँकेमा कोरोना समूदायमा फैलिएको भन्दै दुई
सातादेखि निशेधाज्ञा गरेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना