कोरोनाका ११३ संक्रमित आइसीयूमा र ६ जना भेन्टिलेटरमा

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा विभिन्न अस्पतालमा गरेर ११९ जना कोरोना संक्रमित आइसोलेसन र भेन्टिलेटरमा उपचाररत छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार बिहानसम्म ११३ जना संक्रमितको आइसोलेसनमा र ६ जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिएको छ । मन्त्रालयका अनुसार आइसीयूमा उपचार भइरहेको संक्रमितको संख्या बाग्मती प्रदेशमा सबैभन्दा धेरै रहेको छ ।
बाग्मती प्रदेशमा ५९ जनाको आइसीयूमा र ६ जनाको भेन्टिलेटरमा उपचार भइहरेको छ । यसैगरी प्रदेश १ मा १ जना, प्रदेश २ मा ४१ जना, गण्डकी प्रदेशमा १ जना, प्रदेश ५ मा ११ जनाको आइसीयू र भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको हो । कर्णाली र सुदूरपश्चिममा भने कुनै पनि संक्रमित आइसीयूमा रहेका छैनन्।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु