गत २४ घण्टामा ५८१ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु
कोरोनाबाट मृत्यु हुनेको संख्या १०७ पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : गत २४ घण्टामा देशभर ५८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभरमा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार हालसम्म कोरोनाको आशंकामा क्वारेन्टइनमा रहनेको संख्या १५ हजार १९८ रहेको छ । गत २४ घण्टामा १६० जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै देशभर कोरोना जितेर डिस्चार्ज हुनेको संख्या १७ हजार ४९५ पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आज मात्रै कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेहरुमा मोरङका एक जना, रौतहटका एक जना र काठमाडौंका एक जना रहेका छन्। योसँगै नेपालमा कोरोनाबाट हालसम्म १०७ जनाको मृत्यु भएको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम