पोखरिया नगरपालिका प्रमुखसहित पर्सामा थप ९२ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \पर्सा : पोखरिया नगरपालिकाका प्रमुख दीपनारायणप्रसाद रौनियारसहित पर्सामा थप ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं टेकुमा रहेकाे राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
पोखरियाका ३३ जनामा कोरोना पुष्टि भएको छ । नगरप्रमुख रौनियारसहित उनको परिवारका ८ जनामा संक्रमण पुष्टि भएको छ । पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्टसहित ६ जना स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएको छ । संक्रमितमध्ये ३८ जना वीरगञ्ज महानगरपालिकाका बासिन्दा हुन् ।
त्यस्तै जगरनाथपुर गाउँपालिकामा ४ स्वास्थ्यकर्मीसहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सखुवाप्रसौनीका ६ जनामा संक्रमण देखिएको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम