Health TV Online
Health TV Online
Health TV Online

अस्पतालमा बेड अभाव हुँदै, संक्रमित होम आइसोलेसनमा बस्न बाध्य

अस्पतालमा बेड अभाव हुँदै, संक्रमित होम आइसोलेसनमा बस्न बाध्य

हेल्थ टिभी अनलइन \काठमाडौं : नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा अस्पतालमा बेड अभाव हुन थालेपछि होम आइसोलेसनमा बस्ने संक्रमितको संख्या बढ्दै गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आइतबारसम्म होम आइसोलेसनमा रहने संक्रमितको संख्या ४९७ पुगेको छ । उनका अनुसार सामान्य लक्षण देखिएका र सिरियस नभएका संक्रमितलाई आफनै घरमा बस्न आग्रह गरे बमोजिम हाल ४९७ जनालाई होम आइसोलेसनमा राखिएको हो ।

डा गौतमले सामान्य संक्रमितलाई अस्पतालमा राख्दा सिकिस्त र आइसीयू, भेन्टिलेटरको आवश्यकता पर्ने संक्रमितको उपचारमा समस्या हुने भन्दै अप्ठेरो नपरेसम्म अस्पताल नआउन आग्रह गरिएको बताए । उनले घरमा बस्ने संत्रमितको सम्पर्कमा स्वास्थ्यकर्मी रहने भएकाले केही अप्ठेरो परेमा अस्पतालमा ल्याइने जनाएका छन्। तर संक्रमितले भने होम आइसोलेसनमा बस्दा सरकारको कुनै पनि निकायले कुनै सम्पर्क नै नगरेको भन्दै गुनासो गर्न थालेका छन्।

काठमाडौं उपत्यकाका अधिकांश अस्पतालमा आइसीयू भरिभराउ भइसकेका छन भने आइसोलेसन बेड पनि खाली छैनन्। पछिल्लो समय पुष्टि भएका लगभग २० प्रतिशत बिरामीमा लक्षण देखिन थालेपछि सरकारले बेड अभाव हुने कुरालाई मनन गरेर  घरमै बस्न आग्रह गरेको भएपनि भाडामा बस्ने, सानो कोठामा धेरै जना बस्नेहरुलाई भने निकै समस्या हुने गरेको छ । उता संस्थागत आइसोलेसनमै रहनेको संख्या पनि ८ हजार ७२४ पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना