काठमाडौंका ६० वर्षीय कोरोना संक्रमित पुरुषको पाटन अस्पतालमा मृत्यु
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
आइतबार पाटन अस्पतालमा उपचाररत काठमाडौका ६० वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो । स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालले गत साउन २० गतेदेखि पाटन अस्पतातलमा उपचाररत कोरोना संक्रमितको आइतबार दिउँसो मृत्यु भएको बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित मिडिया ब्रिफिङमा आज मात्रै दुई जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको जनाएको थियो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०५ पुगेको छ ।






डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित