काठमाडौंका ६० वर्षीय कोरोना संक्रमित पुरुषको पाटन अस्पतालमा मृत्यु

हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
आइतबार पाटन अस्पतालमा उपचाररत काठमाडौका ६० वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो । स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालले गत साउन २० गतेदेखि पाटन अस्पतातलमा उपचाररत कोरोना संक्रमितको आइतबार दिउँसो मृत्यु भएको बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित मिडिया ब्रिफिङमा आज मात्रै दुई जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको जनाएको थियो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०५ पुगेको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु