गण्डकी प्रदेशमा थप १० जनामा कोरोना पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शनिबार बिहान विज्ञप्ति जारी गर्दै थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६ सय ९२ पुगेको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गत २४ घण्टामा गरिएको परीक्षणमा कास्कीका ३ जना, तनहुँका २, बाग्लुङका २ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी स्याङ्जा, नवलपरासी र गोरखाका १ १ जनामा पनि कोरोना देखिएको छ ।
संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसन सेन्टरमा लैजाने तयारी भएको निर्देशनालयले जनाएको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम