Health TV Online
Health TV Online
Health TV Online

गण्डकी प्रदेशमा थप १० जनामा कोरोना पुष्टि

गण्डकी प्रदेशमा थप १० जनामा कोरोना पुष्टि

हेल्थ टिभी अनलाइन \काठमाडौं : गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शनिबार बिहान विज्ञप्ति जारी गर्दै थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६ सय ९२ पुगेको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गत २४ घण्टामा गरिएको परीक्षणमा कास्कीका ३ जना, तनहुँका २, बाग्लुङका २ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी स्याङ्जा, नवलपरासी र गोरखाका १ १ जनामा पनि कोरोना देखिएको छ ।

संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसन सेन्टरमा लैजाने तयारी भएको निर्देशनालयले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना