Health TV Online
Health TV Online
Health TV Online

काठमाडाैंका ठूला अस्पतालका आइसीयू बिरामीले भरिभराउ

कोरोनाका सिकिस्त बिरामी आए कहाँ राख्ने ?

काठमाडाैंका ठूला अस्पतालका आइसीयू बिरामीले भरिभराउ

कल्पना आचार्य \काठमाडौं : काठमाडौं उपत्यकाका ठूला अस्पतालका प्राय आइसीयू फूल भएका छन्। शुक्रबार हेल्थ टिभी अनलाइनले विभिन्न अस्पतालका प्रमुखलाई सम्पर्क गरी आइसीयूका बारेमा जिज्ञासा राख्दा ठुला अस्पतालमा आइसीयू खाली नरहेको पाइएको हो ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका क्रिटिकल केयर प्रमुख डा सुवास आचार्यले आइसीयूमा बेड खाली नभएपछि एक सातादेखि कुनै पनि बिरामी भर्ना गर्न नसकेको बताए । उनले भने, ‘आइसीयूमा बेड खाली नै छैन् जति सुकै सिकिस्त भए पनि बिरामी भर्ना गर्ने कुरै भएन्। उनले थपे, आइसीयूमा बिरामी आइसकेपछि कम्तीमा पनि एक साताादेखि महिनौं बस्नुपर्ने हुनसक्छ ।’ आइसीयूमा बिरामी भर्ना गर्ने भनेकै सिकिस्त भएपछि हो । त्यसैले नयाँ बिरामी आयो तपाइँ जानुस भन्ने कुरा हुँदैन, अहिले त आइसीयू पाउनु भनेको ठुलै युद्ध जिते जस्तै हुने गरेको छ बिरामीका लागि उनले थपे ।’ कोरोनाका बिरामी नै आए पनि आफूहरुले बेड अभावका कारण लिन नसक्ने उनको भनाई छ ।

कोरोना डेडिकेटेट अस्पतालको रुपमा चिनिएको पाटन अस्पतालमा यतिबेला कोरोनाका मात्र ८४ जना बिरामी भर्ना भएको अस्पतालका कार्यकारी निर्देशक डा विष्णु शर्माले जानकारी दिए । उनले भने, ‘अहिले हाम्रो अस्पतालका ८४ जना कोरोनाका बिरामी भर्ना हुनुभएकोमा १२ जना आइसीयूमा हुनुहुन्छ ।’ पाटन अस्पतालले कोरोनाका बिरामीका लागि भनेर २१ वटा आइसीयू बेड छुट्याएको पनि उनले जानकारी दिए । केही बेड त छन् तर कुन बेला कोरोनाका बिरामी सिरियस हुन्छन् थाहै हुँदैन् त्यसैले त्यो बेड यहींका बिरामीलाई ठिक्क हुन्छ उनले थपे । जनरल आइसीयू जम्मा ६ वटा मात्र राखेकाले त्यो आइसीयू पाउन त निकै समय कुर्नुपर्ने हुन्छ उनले थपे ।

यसैगरी उता सुविधासम्पन्न ह्याम्स अस्पतालमा पनि आइसीयूका सबै बेड सबै भरिएका छन्। अस्पतालका मेडिकल डाइरेक्टर डा ज्योतिन्द्र शर्मालाई  आइसीयू बेड खाली छ भनेर सोध्दा उनले ठुलो दुखेसो पोखे। उनले भने, ‘भर्खरै आइसीयू बेड कतै खाली छ की भनेर अन्य अस्पतालहरुमा फोन गर्दै थिएँ ।’ उनका काका सिरियस बिरामी भएर आइसीयू चाहिने भएपछि उनले अन्य अस्पतालमा कतै आइसीयू बेड खाली छ की भनेर बुझिरहेको बताए । उनका अनुसार बेड कोरोनाका बिरामीले मात्र भरिएका हैनन् ।  अन्य समय जस्तै अन्य रोगका बिरामीहरु पनि भएका कारण आफ्नो अस्पतालमा आइसीयू बेड खाली नभएको र अन्य अस्पतालमा पनि त्यस्तै अवस्था भएको बताए । उनले कोरोना संक्रमितको संख्या बढ्दै जाँदा आइसीयू अभावका कारण संक्रमितको ज्यान जान सक्ने कुरामा सरकारले ध्यान दिन जरुरी भइसकेको बताए ।

वीर अस्पतालमा आइसीयू बेड पाउन त जहिले पनि ठुलै मिहिनेत गर्नुपर्ने हुन्छ । देशभरका बिरामी आउने देशकै ठुलो अस्पतालमा आइसीयू बेड खाली हुने कुरै भएन्। अस्पतालमा फोन गर्दा कर्मचारीले आइसीयू बेड खाली नभएको जानकारी दिएका छन्।

उता अर्को ठुलो अस्पताल ग्रान्डी इनटरनेशनलमा पनि आइसीयू बेड भरिभराउ रहेको छ । अस्पतालका मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डेले आइसीयू बेड सामान्यतया खाली नहुने बताउँदै अहिले झनै एक सातादेखि बेड भरिभराउ भएको बताए । सिरियस बिरामी आए पनि भर्ना गर्ने अवस्था छैन् उनले भने ।

कोरोना संक्रमण भएका बिरामीलाई श्वासप्रश्वासमा समस्या आउने हुँदा उनीहरुलाई आइसीयू बेड चाहिन सक्छ । त्यसैले पनि लक्षण देखिएका बिरामीलाई आइसीयू भएको अस्पतालमा भर्ना गर्न जरुरी हुने चिकित्सकहरुको सल्लाह छ । तर आइसीयू बेड भने पाउनै मुश्किल छ ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना