स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि भरतपुर अस्पतालको आकस्मिक कक्ष सिल

हेल्थ टिभी अनलाइन \चितवन : चितवनको भरतपुरस्थित भरतपुर अस्पतालको आकस्मिक कक्ष बिहिबारदेखि सिल गरिएको छ ।
अस्पतालको आकस्मिक कक्षमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएपछि अस्पतालले अन्य बिरामीलाई संक्रमणबाट जोगाउनका लागि भन्दै आकस्मिक कक्ष सिल गर्ने निर्णय गरेको जनाएको छ । बिहिबार मात्रै अस्पतालका स्वास्थ्यकर्मीसहित १६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
अस्पतालले जारी गरेको विज्ञप्तिमा लेखिएको छ , ‘मिति २०७७ साल साउन २९ गते यस अस्पतालको आकस्मिक कक्षमा कार्यरत स्वास्थ्यकर्मीलाई कोभिड -१९ संक्रमण देखिएकाले आज साउन २९ गते राती ८ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि आकस्मिक सेवा सिल गरिएको छ ।’
अस्पतालले जारी गरेको सूचना:
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु