Health TV Online
Health TV Online
Health TV Online

कोरोना संक्रमितका लागि जम्मा ४९६ भेन्टिलेटर र ९४२ वटा आइसीयू बेड

कोरोना संक्रमितका लागि जम्मा ४९६ भेन्टिलेटर र ९४२ वटा आइसीयू बेड

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमितको लागि देशभर जम्मा ४९६ भेन्टिलेटर र ९४२ वटा आइसीयू बेड छुट्याइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रायका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना संक्रमितका लागि भनेर प्रदेश अनुसार आइसीयू बेड र भेन्टिलेटरको व्यवस्थापन गरिएको बताएका छन्। उनका अनुसार कोरोना संक्रमितका लागि छुट्याइएको आइसीयू र भेन्टिलेटरको संख्या यसप्रकार रहेको छ ।

प्रदेश नं १ मा जम्मा ४३ आइसीयू बेड र १९ भेन्टिलेटर, प्रदेश नं २ मा जम्मा ४५ आइसीयू बेड र १७ भेन्टिलेटर, बाग्मती प्रदेशमा जम्मा ६३० आइसीयू बेड र ३६१ भेन्टिलेटर,  गण्डकी प्रदेशमा जम्मा १३७ आइसीयू बेड र ५९ भेन्टिलेटर, कर्णाली प्रदेशमा जम्मा ४० आइसीयू बेड र १७ भेन्टिलेटर  र सुदूरपश्चिम प्रदेशमा जम्मा १८ आइसीयू बेड र १० भेन्टिलेटर रहेको मन्त्रालयले जनाएको छ ।

विज्ञहरुले कोरोना संक्रमितको संख्या बढ्दै जाँदा यो संख्या कम हुने भन्दै आइसीयू र भेन्टिलेटरको संख्या बढाउनुपर्नेमा जोड दिंदै आएका छन्।कोरोना भाइरसको संक्रमणका कारण फोक्सोमा असर पर्न गई धेरै संक्रमितलाई श्वासपश्वासमा समस्या आई आइसीयूको उपचार चाहिन सक्ने हुनसक्छ ।

नेपालमा पछिल्लोपटक देखिएका संक्रमितमध्ये धेरैमा कडा खालको लक्षण देखिएको र केहीलाई आइसीयूमै राख्न परेको छ । त्यसैले पनि संक्रमितको ज्यान जोगाउन आइसीयू र भेन्टिलेटर महत्वपूर्ण हुने भन्दै विज्ञहरुले आइसीयू बेडको संख्या बढाउन सुझाव दिंदै आएका छन्।

नेपालमा हालसम्म २४ हजार ९५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना