Health TV Online
Health TV Online
Health TV Online

सुदूरपश्चिममा थप एक जनाको कोरोनाबाट मृत्यु

सुदूरपश्चिममा थप एक जनाको कोरोनाबाट मृत्यु

हेल्थ टिभी अनलाइन \डडेल्धुरा : सुदूरपश्चिममा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा अछामको रामारोशन गाउँपालिका–५ का १८ बर्षीय किशोर रहेका छन्।

उनको ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधवार मृत्यु भएकोमा बिहीबार संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। उनी मुटुरोगबाट ग्रसित भएको पनि मन्त्रालयले जनाएको छ । योसँगै सुदूरपश्चिममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

सुदूरपश्चिमसहित आजै ४ जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना