सुदूरपश्चिममा थप एक जनाको कोरोनाबाट मृत्यु
हेल्थ टिभी अनलाइन \डडेल्धुरा : सुदूरपश्चिममा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा अछामको रामारोशन गाउँपालिका–५ का १८ बर्षीय किशोर रहेका छन्।
उनको ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधवार मृत्यु भएकोमा बिहीबार संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। उनी मुटुरोगबाट ग्रसित भएको पनि मन्त्रालयले जनाएको छ । योसँगै सुदूरपश्चिममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ ।
सुदूरपश्चिमसहित आजै ४ जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम