भारतमा एकैदिन ६७ हजार संक्रमित थपिए
हेल्थ टिभी अनलाइन\काठमाडौं : भारतमा कोरोना संक्रमितको संख्या घट्ने संकेत नै देखिएको छैन्। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा गत २४ घण्टामा ६७ हजार बढी संक्रमित थपिएका छन्।
यसैगरी ९४२ जनाको ज्यान गएको छ । भारतमा हालसम्म २३ लाख ९७ हजार बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ भने हालसम्म ४७ हजार ३३ जनाको मृत्यु भएको छ । यसैगरी १६ लाख ९५ हजार संक्रमितले कोरोना जितेर डिस्चार्ज भएका छन्।
हालसम्म २ करोड ६५ लाख मानिसमा पीसीआर परीक्षण गरिएको बताइएको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम