स्क्रब टाइफसबाट बैतडीकी एक किशोरीको मुत्यु

हेल्थ टिभी अनलाइन\ डडेल्धुरा : स्क्रब टाइफस रोगबाट बैतडीकी एक किशोरीको मृत्यु भएको छ।
बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका –३ श्रीकोटकी १४ वर्षीया पुजा जोशीको बुधबार उपचारका लागि कोहलपुर मेडिकल कलेज लग्दै गर्दा बाटोमै मृत्यु भएको हो।
स्क्रब टाइफसबाट संक्रमित बालिकालाई बैतडीबाट डडेल्धुरा अस्पताल हुँदै मंगलबार धनगढीको सारथी अस्पताल पुर्याइएको थियो। त्यहाँबाट पनि रेफर भएपछि बुधबार कोहलपुर लैजाँदै गर्दा चिसापानीमा बालिकाको मृत्यु भएको उनका आफन्त शंकरदत्त भट्टले बताएका छन्। मृतक पुजाका बुवा रोजगारीको सिलसिलामा विदेश रहेका छन्।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु