नेपालमा कोरोना संक्रमणबाट एकैदिन ८ जनाको मृत्यु, मृतकको संख्या ९१ पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा एकैदिन ८ जना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभरका विभिन्न अस्पतालमा गरी थप ८ जनाको मृत्यु भएको हो ।
काठमाडौंको किस्ट अस्पतालमा २ जना, पाटन अस्पतालमा एक जना, ह्याम्स अस्पतालमा १ जना र मेडिसिटी अस्पतालमा एक जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
यसैगरी धरान स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना, कपिलवस्तुमा एक जना, सप्तरीका एक जना पुरुषको पनि कोरोनाबाट आजै मृत्यु भएको पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा जागेशवर गौतमले जनाएका छन्।
योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९१ पुगेको छ ।
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’