नेपालमा कोरोना संक्रमणबाट एकैदिन ८ जनाको मृत्यु, मृतकको संख्या ९१ पुग्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा एकैदिन ८ जना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभरका विभिन्न अस्पतालमा गरी थप ८ जनाको मृत्यु भएको हो ।
काठमाडौंको किस्ट अस्पतालमा २ जना, पाटन अस्पतालमा एक जना, ह्याम्स अस्पतालमा १ जना र मेडिसिटी अस्पतालमा एक जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
यसैगरी धरान स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना, कपिलवस्तुमा एक जना, सप्तरीका एक जना पुरुषको पनि कोरोनाबाट आजै मृत्यु भएको पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा जागेशवर गौतमले जनाएका छन्।
योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९१ पुगेको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु