थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा थप ४८४ जना कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लामा गरी थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ ।
हालसम्म ७ हजार ६१३ जना सक्रिय संक्रमितको विभिन्न आइसोलेसन सेन्टरमा उपचार भइरहेको छ । यसैगरी हाल कोरोनाको आशंकामा १४ हजार ८४६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
आज ६४ जना संक्रमित कोरोना जितेर डिस्चार्ज भएका छन् । योसँगै कोरोना जितेर डिस्चार्ज हुनेको संख्या १६ हजार ७२८ पुगेको छ ।
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?
आजदेखि सात जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै