वीर अस्पतालका थप एक जना डाक्टरमा कोरोना पुष्टि
अस्पताल अगाडी चिया पसल चलाउनेलाई पनि कोरोना
हेल्थ टिभी अनलाइन \काठमाडौं : वीर अस्पतालमा थप एक जना डाक्टरमा कोरोना संक्रमण पुष्टि भएको छ ।
वीर अस्पतालकै प्रयोगशालामा गरिएको परीक्षणमा आज थप एक जना डाक्टरमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका निर्देशक डा केदार सेन्चुरीले बताए । यसभन्दा अघि पनि वीर अस्पतालका दुई जना डाक्टरमा कोरोना पुष्टि भएर उनीहरु अहिले उपचारमै रहेका छन्।
आज संक्रमण पुष्टि हुनेहरुमा एक जना डाक्टर र अर्का न्याम्सका पदाधिकारीको गाडी चलाउने सवारी चालक रहेको बुझिएको छ । यसैगरी वीर अस्पताल नजिकै रहेको चिया पसलका संचालकलाई पनि कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । उक्त चिया पसलमा अस्पतालका डाक्टर एवं नर्सहरु नै बढी जाने गरेको बुझिएको छ।
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’