वीर अस्पतालका थप एक जना डाक्टरमा कोरोना पुष्टि
अस्पताल अगाडी चिया पसल चलाउनेलाई पनि कोरोना
हेल्थ टिभी अनलाइन \काठमाडौं : वीर अस्पतालमा थप एक जना डाक्टरमा कोरोना संक्रमण पुष्टि भएको छ ।
वीर अस्पतालकै प्रयोगशालामा गरिएको परीक्षणमा आज थप एक जना डाक्टरमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका निर्देशक डा केदार सेन्चुरीले बताए । यसभन्दा अघि पनि वीर अस्पतालका दुई जना डाक्टरमा कोरोना पुष्टि भएर उनीहरु अहिले उपचारमै रहेका छन्।
आज संक्रमण पुष्टि हुनेहरुमा एक जना डाक्टर र अर्का न्याम्सका पदाधिकारीको गाडी चलाउने सवारी चालक रहेको बुझिएको छ । यसैगरी वीर अस्पताल नजिकै रहेको चिया पसलका संचालकलाई पनि कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । उक्त चिया पसलमा अस्पतालका डाक्टर एवं नर्सहरु नै बढी जाने गरेको बुझिएको छ।
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स