बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
मोरङको बुढीगंगा गाँउपालिका २ मोरङका ५५ वर्षीय पुरुषको उपचारका क्रममा आज विहान मृत्यु भएको हो ।
एक साता अघि प्रतिष्ठानको आइसोलेसन वार्डमा भर्ना भएका बुढीगंगा गाँउपालिका २ मोरङका ५५ बर्षिय पुरुषको आज बुधबार बिहान निधन भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले पुष्टि गरेका छन्।
एक साता अघि उपचारका लागि अस्पताल भर्ना भएका थिए । धरानमा आज बिहानै मात्र ७ जनाको कोरोना संक्रमण पुष्टि भएको छ । धरान १५ मा स्वाव संकलन गराएका धनकुटा कि प्रदेशसभाकी संसद र उनको श्रीमानमा पनि संक्रमण पुष्टि भएको छ । यसैबीच धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आजदेखि बहिरंग सेवा बन्द ‘ओपीडी’ बन्द गरेको छ ।
कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले प्रतिष्ठानले ओपीडी सेवा बन्द गरेको हो ।
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?
आजदेखि सात जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै