ललितपुरकाे मेडिसिटी र किस्ट अस्पतालमा पनि कोरोना संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन\काठमाडाैं : ललितपुरको भैंसेपाटीस्थित नेपाल मेडिसिटी अस्पताल र ग्वार्कोमा रहेको किस्ट अस्पतालमा थप १ \१ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
मेडिसिटीमा जनकपुरका ७१ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मंगलबार राति साढे १२ बजे मृत्यु भएको हो भने किस्ट अस्पतालमा काठमाडौं टेकुकी ७८ वर्षीया महिलाको मंगलबार राति सवा १ बजे मृत्यु भएको किस्ट अस्पताल स्रोतले जनाएको छ । अस्पतालका अनुसार ती महिलाको बुधबार बिहान कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको हो ।
यसअघि आजै बिहान पाटन अस्पतालमा उपचाररत ३८ वर्षीय कोरोना संक्रमित महिलाको पनि मृत्यु पुष्टि भएको थियो।
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो