पाटन अस्पतालमा उपचाररत ३८ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत एक जना कोरोना भाइरस संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।
धनुषा जिल्लाकी जनकपुर निवासी ३८ वर्षीया महिलाको उपचारका क्रममा पाटन अस्पतालमा आज मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालले पुष्टि गरेका छन्।
साउन १८ गतेदेखि उनी पाटन अस्पतालमा उपचाररत रहेको पनि डा गेलालले जानकारी दिए । उनको शव व्यवस्थापनका लागि सेनाले तयारी गरिसकेको बताइएको छ ।
आज विश्व रेडक्रस दिवस मनाइँदै
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र