सुदूरपश्चिममा थप १२ जनामा कोरोना संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन \डडेल्धुरा : सुदूरपश्चिम प्रदेशमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मंगलबार सेती प्रादेशिक अस्पताल, त्रिवि शिक्षण अस्पताल काठमाडौंर भेरी अस्पताल नेपालगञ्जमा भएको परीक्षणमा थप १२ जनामा कोरोना पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा १० जना पुरुषमा संक्रमण पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले २४ घण्टामा एक सय ४६ जनाको कोरोना परीक्षण भएकोमा तीन जिल्लाका १० जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार दार्चुलाको मालिकार्जुन गाउँपालिकाका ३ पुरुष, दार्चुलाकै मार्मा गाउँपालिकाका २ पुरुष, कञ्चनपुरको बेलौरी नगरपालिकाका २ पुरुष, कञ्चनपुरकै बेल्डाडी गाउँपालिका –२ का १ पुरुषमा कोरोना पुष्टि भएको छ ।
यस्तै कैलालीको धनगढी उपमहानगरपालिका–७ र वडा नम्बर ३ का १÷१ पुरुषमा कोरोना भाइरसको संक्रमण भेटिएको सूचना अधिकारी श्रेष्ठले बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार प्रदेश बाहिरका २ वटा प्रयोगशालामा थप २ जनामा कोरोना पुष्टि भएको हो ।
गौतमले त्रिवि शिक्षण अस्पताल प्रयोगशालामा दार्चुलाका एक र भेरी अस्पताल प्रयोगशालामा अछामका एक गरी दुईजनामा कोरोना पुष्टि भएको बताए । योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४ हजार ९ सय ५३ पुगेको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम