काठमाडौं उपत्यकामा कोरोना कहर : थप १३४ जनामा देखियो संक्रमण
हेल्थ टिभी अनालाइन \काठमाडौं : काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम झन झन बढिरहेको छ । मंगलबार मात्र काडमाडौं उपत्यकामा थप १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौंका ११०, ललितपुरका १६ र भक्तपुरका ८ जनामा कोरोना पुष्टि भएको हो ।
गत २४ घण्टामा १० हजार ४६२ जनाको नमुना परीक्षण गर्दा काठमाडौं उपत्यकामा १३४ सहित देशभर ६३८ जना संक्रमित थपिएका छन्। १६ हजार ६६४ जना कोरोना जितेर डिस्चार्ज भएका छन्।
यसैगरी हालसम्म ८३ जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल