प्रसूती अस्पताललाई काठमाडौं महानगरले दियो पीसीआर मेशिन
हेल्थ टिभी अनालाइन \काठमाडौं : काठमाडौं महानगरपालिकाले थापाथलीस्थित परोपकार प्रसूती तथा स्त्रीरोग अस्पताललाई पीसीआर मेसिन सहयोग स्वरुप हस्तान्तरण गरेको छ।
मंगलबार काठमाडौं महानगरका प्रमुख विद्या सुन्दर शाक्यले अस्पतालको ६१औँ वार्षिकोत्सवको अवसर पारेर उक्त मेशिन हस्तान्तरण गरेका हुन्।
वार्षिकोतसव कार्यक्रममा प्रमुख अतिथि रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोनाको महामारीमा पीसीआर मेसिन सहयोग गरेकोमा महानगरपालिकालाई धन्यवाद दिएका थिए । उनले पीसीआर मेशिन अस्पतालमा हुँदा यहाँ आउने सेवाग्राहीलाई सहज हुने भन्दै यसको प्रयोग भविष्यमा पनि अन्य रोग पत्ता लगाउन पनि काम लाग्ने बताए ।
मन्त्री ढकालले हाल देशभर ३२ वटा सरकारी स्तरबाट पीसीआर मेशिन सञ्चालनमा रहेको र यसबाट कम्तिमा १८ हजार ५ सयको परीक्षण गर्न सकिने बताए । यसैगरी ८ वटा निजी स्तरका लेबल ए का ल्याबबाट परीक्षण भइरहेको पनि उनले जानकारी दिए । आवश्यक परेमा दैनिक २२ हजार पीसीआर परीक्षण गर्न सकिने उनले जिकीर गरे ।
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो