थप ३८० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं उपत्यकामा थपिए ९२ जना संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लामा गरी थय ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसैगरी हालसम्म नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ६ हजार ५ सय ४४ रहेको छ । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ११ हजार ३८ रहेको मन्त्रालयले जनाएको छ ।
यसैगरी काठमाडौं उपत्यकामा आइतबार ९२ जना संक्रमित थपिएका छन्।
मन्त्रालयका अनुसार आजै मात्र ४० जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै हालसम्म कोरोना जितेर डिस्चार्ज हुनेको संख्या १६ हजार ३५३ रहेको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित