नर्सहरुलाई पीपीई उपलब्ध गराएर मात्र सेवामा खटाउन नर्सिङ संघको आग्रह
हेल्थ टिभी अनलाइन\ काठमाडौं : पछिल्लो समय कोरोना संक्रमणबाट विभिन्न अस्पतालमा कार्यरत नर्सहरु नै संक्रमित हुन थालेको विषयमा नेपाल नर्सिङ संघले ध्यानाकर्षण गरेको छ ।
अस्पतालले नर्सहरुको सुरक्षाका लागि चाहिने पीपीई लगायतका सुरक्षा सामग्री प्रयाप्त मात्रामा उपलब्ध नगराएका कारण सेवामा खटिएका नर्स आफै संक्रमणको शिकार हुन परेको भन्दै संक्रमितको उपचारमा खटिने नर्सलाई प्रयाप्त मात्रामा सुरक्षा समग्री उपलब्ध गराएर मात्र काममा खटाउन संघले आग्रह गरेको छ ।
संघले आइतबार जारी गरेको विज्ञप्तिमा यस्तो उल्लेख गरिएको छ , ‘अस्पतालमा आएका संक्रमतिको सेवामा खटिएको अवस्थामा नर्सहरु संक्रमत हसनु गम्भीर चुनौतीको विषय भएकाले नर्सहरुलाई पीपीई प्रयाप्त मात्रामा उपलब्ध गराउन र संक्रमणबाट बचाउन सम्बन्धित अस्पतालको व्यवस्थापक लगायत सरोकारवाला निकायलाई नेपाल नर्सिङ संघ आव्हान गर्दछ । ‘
यसैगरी संघले यस्तो महामारीका बेला पनि केही स्वास्थ्य संस्थाले नर्सहरुलाई कामबाट निकाल्ने तथा बेतलबी बिदामा राख्ने र तलब कट्टा गर्ने पाइएकाले सोबारे पनि संघको गम्भीर आपत्ति रहेको जनाएको छ ।
विज्ञप्ति:






डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित