Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

श्वासप्रश्वासमा समस्या भएर अस्पताल भर्ना भएकी महिलाको मृत्यु

श्वासप्रश्वासमा समस्या भएर अस्पताल भर्ना भएकी महिलाको मृत्यु

हेल्थ टिभी अनलाइन \डडेल्धुरा : डडेल्धुरामा श्वासप्रश्वासमा समस्यामा भएर अस्पताल भर्ना भएकी एक महिलाको मृत्यु भएको छ।

डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिका ३ की ३८ वर्षीया महिला श्वासप्रश्वासमा समस्या देखिएपछि डडेल्धुरा अस्पताल भर्ना भएकी थिईन्। डडेल्धुरामा उपचार सम्भव नभएको भन्दै थप उपचारका लागि धनगढीको सेती अस्पताल रिफर गरिएको थियो । उनको सेती अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको डडेल्धुरा अस्पतालले जनाएको छ ।

महिलाको शव अहिले सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ। उनको कोरोना परीक्षण गरिने सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार