वीर अस्पतालमा शल्यक्रियाका लागि भर्ना भएका एक बिरामीमा कोरोना संक्रमण देखियो

हेल्थ टिभी अनलाइन \काठमाडौं : वीर अस्पतालमा भर्ना भएका एक बिरामीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
रौतहटबाट आएर शल्यक्रियाका लागि भर्ना भएका एक बिरामीमाा कोरोना पुष्टि भएको अस्पताल स्रोतले बताएको छ । शल्यक्रिया गर्नुअघि पीसीआर परीक्षण गर्दा बुधबार उनमा कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।
उनी सँगै बुधबार परीक्षण गरिएकामध्ये ७ वटा नमुना पोजेटिभ आएको छ । सात जनामध्ये ५ जना एकै फ्याक्ट्रीमा काम गर्ने रहेको पनि बताइएको छ । काठमाडौंको एक फ्याक्ट्रीमा काम गर्ने र समूहमा बस्ने उनीहरुका एक जना साथीलाई केही दिनअघि कोरोना देखिएपछि उनीहरु पनि परीक्षण गर्न वीर अस्पताल आएका थिए । कोरोना रिपोर्ट पोजेटिभ आएकोबारे इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई जानकारी गराइएको अस्पतालले जनाएको छ ।
अर्का एक जना भने कुनै पनि ट्राभल हिस्ट्री नभएका र सामान्य रुघाखोकी लागेर आफै परीक्षण गराउन आएका स्थानीय भएको बताइएको छ ।
आज मात्रै काठमाडौं उपत्यकामा ६२ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा