वीर अस्पतालमा शल्यक्रियाका लागि भर्ना भएका एक बिरामीमा कोरोना संक्रमण देखियो
हेल्थ टिभी अनलाइन \काठमाडौं : वीर अस्पतालमा भर्ना भएका एक बिरामीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
रौतहटबाट आएर शल्यक्रियाका लागि भर्ना भएका एक बिरामीमाा कोरोना पुष्टि भएको अस्पताल स्रोतले बताएको छ । शल्यक्रिया गर्नुअघि पीसीआर परीक्षण गर्दा बुधबार उनमा कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।
उनी सँगै बुधबार परीक्षण गरिएकामध्ये ७ वटा नमुना पोजेटिभ आएको छ । सात जनामध्ये ५ जना एकै फ्याक्ट्रीमा काम गर्ने रहेको पनि बताइएको छ । काठमाडौंको एक फ्याक्ट्रीमा काम गर्ने र समूहमा बस्ने उनीहरुका एक जना साथीलाई केही दिनअघि कोरोना देखिएपछि उनीहरु पनि परीक्षण गर्न वीर अस्पताल आएका थिए । कोरोना रिपोर्ट पोजेटिभ आएकोबारे इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई जानकारी गराइएको अस्पतालले जनाएको छ ।
अर्का एक जना भने कुनै पनि ट्राभल हिस्ट्री नभएका र सामान्य रुघाखोकी लागेर आफै परीक्षण गराउन आएका स्थानीय भएको बताइएको छ ।
आज मात्रै काठमाडौं उपत्यकामा ६२ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित