विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ लाख नाघ्यो
हेल्थ टिभी अनलाइन\काठमाडौं : विश्वभर कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ७ लाख नाघेको छ ।
वर्ल्डोमिटरका अनुसार बुधबार बिहानसम्म विश्वमा ७ लाख ४ हजार ३३१ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । यसैगरी हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ८७ लाख ११६ पुगेको छ । जबकी १ करोड १९ लाख बढी संक्रमित कोरोना जितेर डिस्चार्ज भइसकेका छन्।
गत डिसेम्बरमा चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिका बन्न पुगेको छ । अमेरिकामा मात्रै ४९ लाख १८ हजार भन्दा बढी मानिसमा कोरोना पुष्टि भएको छ भने हालसम्म १ लाख ६० हजार २९० जनाले यसको संक्रमणबाट ज्यान गुमाएका छन्। अमेरिका पछि काेराेनाबाट ब्राजिल र भारत बढी प्रभावित भएको पाइएको छ ।
ब्राजिलमा २८ लाख ८ हजार ७६ जनामा कोरोजा पुष्टि भएको बताइएको छ । यसैगरी त्यहाँ ९६ हजार भन्दा बढीले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्। उता भारतमा पनि संक्रमितको संख्या बढिरहेको छ । यद्यपी भारतमा मृत्युदर भने कम रहेको पाइएको छ । भारतमा हालसम्म १९ लाख ६ हजार बढी मानिसमा संक्रमण पुष्टि भएको छ भने बुधबार बिहानसम्म ३९ हजार ८२० जनाको मृत्यु भइसकेको छ ।
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो