विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ लाख नाघ्यो
हेल्थ टिभी अनलाइन\काठमाडौं : विश्वभर कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ७ लाख नाघेको छ ।
वर्ल्डोमिटरका अनुसार बुधबार बिहानसम्म विश्वमा ७ लाख ४ हजार ३३१ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । यसैगरी हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ८७ लाख ११६ पुगेको छ । जबकी १ करोड १९ लाख बढी संक्रमित कोरोना जितेर डिस्चार्ज भइसकेका छन्।
गत डिसेम्बरमा चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिका बन्न पुगेको छ । अमेरिकामा मात्रै ४९ लाख १८ हजार भन्दा बढी मानिसमा कोरोना पुष्टि भएको छ भने हालसम्म १ लाख ६० हजार २९० जनाले यसको संक्रमणबाट ज्यान गुमाएका छन्। अमेरिका पछि काेराेनाबाट ब्राजिल र भारत बढी प्रभावित भएको पाइएको छ ।
ब्राजिलमा २८ लाख ८ हजार ७६ जनामा कोरोजा पुष्टि भएको बताइएको छ । यसैगरी त्यहाँ ९६ हजार भन्दा बढीले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्। उता भारतमा पनि संक्रमितको संख्या बढिरहेको छ । यद्यपी भारतमा मृत्युदर भने कम रहेको पाइएको छ । भारतमा हालसम्म १९ लाख ६ हजार बढी मानिसमा संक्रमण पुष्टि भएको छ भने बुधबार बिहानसम्म ३९ हजार ८२० जनाको मृत्यु भइसकेको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम