काठमाडौं उपत्यकामा मंगलबार थप ६२ जनामा कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन\ काठमाडौं : काठमाडौं उपत्यकामा मंगलबार थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज उपत्यकामा रहेका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६२ जनामा कोरोना पुष्टि भएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका ३८ जना र भक्तपुरका ११ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी त्रिवि शिक्षण अस्पताल नेपाल प्रहरी अस्पताल स्टार अस्पताल लगायतका प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा ६२ जनामा कोरोना पुष्टि भएको छ ।
यसरी पुष्टि हुनेहरुमा काठमाडौंका ४८ जना, भक्तपुरका १३ जना र ललितपुरका १ जना रहेका छन्। योसँगै आज नेपालभर २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६५ जना कोरोना जितेर डिस्चार्ज भएका छन्।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा