थप २५९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २१ हजार नाघ्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लामा गरी थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ९ पुगेको छ ।
गत २४ घण्टामा ६५ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १५ हजार २६ पुगेको मन्त्रालयले जनाएको छ ।
हाल नेपालमा ५ हजार ९ सय २५ जना सक्रिय संक्रमितको विभिन्न आइसोलेसन सेन्टरमा उपचाररत छन्। नेपालमा कोरोनाबाट ५८ जनाको ज्यान गुमाएका छन्।
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?
आजदेखि सात जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !