कोरोना संक्रमितलाई प्लाज्मा दिन हालसम्म २५ जना तयार
हेल्थ टिभी अनलाइन \काठमाडौं: गम्भीर अवस्थाका कोरोना संक्रमितको उपचारमा प्लाज्मा थेरापी एउटा महत्वपूर्ण पाटो मानिएको छ । यही प्लाज्मा दिनका लागि हालसम्म नेपालमा २५ जनाले इच्छा देखाएको बताइएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषदका कार्यकारी प्रमुख डा प्रदीप ज्ञवालीले हालसम्म प्लाज्मा दिनका लागि २५ जनाले इच्छा देखाएर नाम लेखाएको बताए । उनले सबैको प्लाज्मा सबै संक्रमितलाई दिन नमिल्ने पनि जानकारी दिए । उनका अनुसार रगत समूह, उमेर लगायतका सबै जाँच गरेपछि मात्र कसलाई कस्तो प्लाज्मा म्याच हुन्छ भन्ने निक्र्यौल गर्न सकिने उनले जानकारी दिए ।
डा ज्ञवालीले प्लाज्मा थेरापीकाे अनुसन्धानका लागि निजी सहित १२ वटा अस्पताललाई प्लाज्मा थेरापी उपचारको अनुमति दिइएको बताए । निजी अस्पतालमा मेडिसिटी अस्पताल, ग्रान्डी इन्टरनेशनल अस्पताल र ह्याम्स अस्पताल रहेका छन्। यसैगरी सरकारी अस्पतालहरुमा त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कर्णालाी स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी अस्पताल, भेरी अस्पताल लगायतका छन्।
कसले दिन मिल्छ प्लाज्मा ?
पीसीआर विधिमार्फत कोभिड १९ प्रमाणित भएका व्यक्ति
कोरोना रिपोर्ट नेगेटिभ आएको हुनुपर्न
नेपाल रेडक्रस सोसाइटीको मापदण्ड अनुसार रक्तदान गरिएको हुनुपर्ने
गत १४ दिनदेखि कोभिड १९ को कुनै पनि लक्षण नदेखिएका व्यक्ति
कसले लिन मिल्छ प्लाज्मा ?
पीसीआर विधिमार्फत कोभिड १९ प्रमाणित भएको व्यक्ति
१८ वर्ष पुगेको व्यक्ति हुनुपर्ने
बिरामीको अवस्था गम्भीर भएको हुनुपर्ने
अस्पतालमा भर्ना भएको हुनुपर्ने
नेपालमा हालसम्म एक जना त्रिवि शिक्षण अस्पताल महाराजगंजमा आइसीयूमा पुगेका संक्रमितकाे प्लाज्मा थेरापी दिएर उपचार गरिएकाे छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम