भेरी अस्पतालमा गरिएको परीक्षणमा जनप्रतिनिधिसहित ९ जनामा कोरोना पुष्टि
हेल्थ टिभी अनलाइन \बाँके : बाँकेको भेरी अस्पतालमा गरिएको परीक्षणमा जनप्रतिनिधिसहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
अस्पतालले सोमबार बिहान विज्ञप्ति जारी गर्दै एक जना स्थानीय जनप्रतिनिधिसहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । अस्पताल स्रोतका अनुसार नेपालगञ्ज वडा नम्बर एकका जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएको हो ।
सोमबार गरिएको परीक्षणमा नेपालगञ्जका २ र रुकुम पूर्वका का ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । गत २४ घण्टामा कोरोनाको आशंकामा १९५ जनाको पीसीआर परीक्षण गर्दा जम्मा ९ जनामा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ ।






आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम