६० वर्ष माथिका वृद्धवृद्धा र १२ वर्ष मूनिका बालबालिकालाई घर बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

हेल्थ टिभी अनलाइन \काठमाडाैं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको जोखिमबाट बच्न वृद्धवृद्धा र बालबालिकालाई घर बाहिर ननिस्कन आग्रह गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित मिडिया ब्रिफिङमा ६० वर्ष माथिका वृद्धवृद्धा र १२ वर्ष मूनिका बालबालिकालाई घर बाहिर ननिस्कन आग्रह गरेका हुन्।
लकडाउन खुलेसँगै पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै उनले बढी जोखिममा पर्ने यो समूहलाई घर बाहिर ननिस्कन आग्रह गरे । कोरोनाको बढी जोखिममा वृद्धवृद्धा, दीर्घ रोगी र बालबालिका समेत पर्ने हुँदा यस्तो अनुरोध गरिएको डा गौतमले बताएका छन्।
आज मात्रै नेपालमा थप २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा