६० वर्ष माथिका वृद्धवृद्धा र १२ वर्ष मूनिका बालबालिकालाई घर बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
हेल्थ टिभी अनलाइन \काठमाडाैं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको जोखिमबाट बच्न वृद्धवृद्धा र बालबालिकालाई घर बाहिर ननिस्कन आग्रह गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित मिडिया ब्रिफिङमा ६० वर्ष माथिका वृद्धवृद्धा र १२ वर्ष मूनिका बालबालिकालाई घर बाहिर ननिस्कन आग्रह गरेका हुन्।
लकडाउन खुलेसँगै पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै उनले बढी जोखिममा पर्ने यो समूहलाई घर बाहिर ननिस्कन आग्रह गरे । कोरोनाको बढी जोखिममा वृद्धवृद्धा, दीर्घ रोगी र बालबालिका समेत पर्ने हुँदा यस्तो अनुरोध गरिएको डा गौतमले बताएका छन्।
आज मात्रै नेपालमा थप २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
रसुवा बाढी : अझै पनि ४ हजार २१६ जना सम्पर्कविहीन
महिलाका अधिकारमाथि बढ्दो प्रहार, संरक्षणको माग
बाढीपछि तत्काल अपनाउनुपर्ने स्वास्थ्य सतर्कताहरू
पहिचान नखुलेका २२९ शवको डीएनए नमुना लिएर व्यवस्थापन गरिंदै
ह्याम्स अस्पतालले बाढी प्रभावितलाई नि:शुल्क आपतकालीन सेवा दिने