काठमाडौं उपत्यकामा आज पनि थपिए ३१ जना संक्रमित

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा आइतबार पनि ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा २२, ललितपुरमा ८ र भक्तपुरमा १ जना संक्रमित पुष्टि भएको बताएका हुन्।
उनीहरुको राजधानीका विभिन्न अस्पतालका प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । लकडाउन खुलेसँगै पछिल्लो समय दैनिक रुपमा काठमाडौंमा संक्रमित फेला पर्दै आएका छन्।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा