थप २४६ जनामा कोरोना संक्रमण पुष्टि, १११ जना डिस्चार्ज

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा काठमाडौं उपत्यकामा सहित २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २० हजार ३३२ पुगेको छ ।
गत २४ घण्टामा ८८६१ पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । हालसम्म देशका विभिन्न आइसोलेसन सेन्टरमा रहेका सक्रिय संक्रमितको संख्या ५६७२ रहेको छ । योसँगै हालसम्म कोरोना जितेर डिस्चार्ज हुनेको संखया १४ हजार ६०३ पुगेको छ ।
हालसम्म नेपालमा कोरोनाबाट ५७ जनाले ज्यान गुमाएका छन्।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा