Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेपाल क्यान्सर अस्पतालको ‘कोरोनासँगै बाँच्न सिकौं’ अभियान

नेपाल क्यान्सर अस्पतालको ‘कोरोनासँगै बाँच्न सिकौं’ अभियान

हेल्थ टिभी अनलाइन \काठमाडौं : ललितपुरको हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरले कोरोनासँगै बाँच्न सिकौं भन्ने अभियान अघि सारेको छ ।

कोरोनाबाट डराएर भन्दा पनि यसबाट बच्ने उपायहरु अपनाउँदै अघि बढ्नुपर्ने सन्देश दिंदै अभियान शुरु गरिएको बताउँछन् अस्पतालका अध्यक्ष एवं क्यान्सर रोग विशेषज्ञ डा सुदिप श्रेष्ठ । उनले भने, ‘कोरोनासँग कहिलेसम्म डराएर घरमै बस्ने ? यो कहिले समाप्त हुन्छ भन्न सकिंदैन किनकी यसको अहिलेसम्म न त कुनै औषधि छ नत कुनै खोप नै ।’  यो अवस्थामा आत्तिएर डराएर मात्र हुँदैन उनले थपे । यसका लागि आफूहरुले अस्पातलमा कार्यरत सफाई कर्मचारीदेखि चिकित्सकसम्म सबैलाई कोरोनाबाट बच्न के के उपाय कसरी अपनाउने भन्ने बारेमा तालिम समेत दिइसकेको बताउँछन् डा श्रेष्ठ ।

अस्पतालले उपचारका लागि आउने बिरामी र तिनका आफन्तलाई समेत यस विषयमा काउन्सिलिङ गर्ने गरिएको जनाएको छ । मास्क कसरी लगाउने, दूरी मेन्टेन कसरी गर्ने, भिडभाडमा जानै परे कसरी जाने, कुन बेला सेनिटाइजर प्रयोग गर्ने लगायतका उपायहरुकाबारेमा नियमित छलफल हुने गरेको उनले जानकारी दिए ।

डा  श्रेष्ठ भन्छन् ,’काेराेनासँग भाग्न सक्दैनौं र यसमा मात्र फोकस हुँदा अन्य राेगका बिरामीको अवस्था जटिल हुनसक्छ भन्ने कुरा पनि हामीले बुझ्ने बेला भइसक्यो ।  यसका साथै हामी सर्वसाधारण पनि आफै सचेत हुन जरुरी छ । सरकारले मात्र गरेन भनेर बसेर कोरोना जाँदैन्। हामीले हरेक मानिसलाई कोरोना हुनसक्छ भन्ने शंकामा राखेर जोगिनका लागि आफै पहल गर्यौं भने यसबाट धेरै हदसम्म जोगिन सक्छौं।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार