ड्युटीमा खटिएका ट्राफिक प्रहरीमा कोरोना संक्रमण, ३७५ जना क्वारेन्टाइनमा

हेल्थ टिभी अनलाइन \काठमाडौं : ड्युटीमा खटिएका दुईजना ट्राफिक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि महानगरीय ट्राफिक प्रहरी कार्यालय बग्गीखानामा सर्वसाधारणलाई प्रवेशमा रोक लगाएको छ ।
समूहमा बस्ने उनीहरुलाई कोरोना पुष्टि भएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भिमप्रसाद ढकालसहित ३७५ जनालाई क्वारेन्टाइनमा राखिएको बताइएको छ ।
यसअघि पनि ट्राफिक प्रहरीलाई कोरोना पुष्टि भएको थियो । अहिले सबै सेवाग्रहीलाई प्रवेशमा निषेध गरिएको छ। र आवतजावत कम गर्न आग्रह गरिएको छ ।
पछिल्लो समय ड्युटीमा खटिएका प्रहरीमा कोरोना संक्रमणको दर बढेर गएको छ ।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा