बाँकेमा आजबाट तीन दिनसम्म लकडाउन

हेल्थ टिभी अनलाइन\ बाँके: बाँकेमा आजबाट पुन लकडाउन शुरु भएको छ । कोरोना संक्रमण समुदाय स्तरमा फैलिएको भन्दै बाँके प्रशासनले पहिलो चरणमा तीन दिनका लागि लकडाउन अर्थात निशेधाज्ञा जारी गरेको हो ।
बाँकेमा शुरुमा संक्रमितको संख्या धेरै नै भए पनि बीचमा संख्या घटेको थियो । तर लकडाउन खुलेसँगै पुन संक्रमितको संख्या एकैपटक बढेपछि बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङको संयोजकत्वमा बसेको कोरोना संकट व्यवस्थापन समितिको बैठकले तीन दिनसम्म पूर्णरुपमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
बाँकेमा सरकारी कार्यालय र समुदायस्तरमा गरिएको परीक्षणमा शुक्रबार एकैदिन २७ जनालई कोरोना संक्रमण पुष्टि भएको थियो ।
सेवाग्राहीको बढी भिडभाड हुने आन्तरिक राजश्व कार्यालय, यातायात व्यवस्था कार्यालयका कर्मचारी एवं मिठाइ पसल सञ्चालकमा समेत कोरोना देखिएपछि बाँकेमा कोरोना समुदायस्तरमा फैलिएको आशंका गरिएको भन्दै सतर्कता अपनाईको बताइएको छ ।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा