बाँकेमा आजबाट तीन दिनसम्म लकडाउन
हेल्थ टिभी अनलाइन\ बाँके: बाँकेमा आजबाट पुन लकडाउन शुरु भएको छ । कोरोना संक्रमण समुदाय स्तरमा फैलिएको भन्दै बाँके प्रशासनले पहिलो चरणमा तीन दिनका लागि लकडाउन अर्थात निशेधाज्ञा जारी गरेको हो ।
बाँकेमा शुरुमा संक्रमितको संख्या धेरै नै भए पनि बीचमा संख्या घटेको थियो । तर लकडाउन खुलेसँगै पुन संक्रमितको संख्या एकैपटक बढेपछि बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङको संयोजकत्वमा बसेको कोरोना संकट व्यवस्थापन समितिको बैठकले तीन दिनसम्म पूर्णरुपमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
बाँकेमा सरकारी कार्यालय र समुदायस्तरमा गरिएको परीक्षणमा शुक्रबार एकैदिन २७ जनालई कोरोना संक्रमण पुष्टि भएको थियो ।
सेवाग्राहीको बढी भिडभाड हुने आन्तरिक राजश्व कार्यालय, यातायात व्यवस्था कार्यालयका कर्मचारी एवं मिठाइ पसल सञ्चालकमा समेत कोरोना देखिएपछि बाँकेमा कोरोना समुदायस्तरमा फैलिएको आशंका गरिएको भन्दै सतर्कता अपनाईको बताइएको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित