नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ । शनिबार ३१५ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या २० हजार नाघेको हो । शनिबार थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । देशभरका प्रयोगशालामा ६ हजार ९९३ नमुना परीक्षण गर्दा ३१५ जनामा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका हुन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ८६ पुगेको छ ।
शनिबार देशका विभिन्न आइसोलेसन सेन्टरबाट ९३ जना संक्रमित निका भएर डिस्चार्ज भएका छन्। योसँगै हालसम्म १४ हजार ४९२ जनाले कोरोना जितेका छन्। नेपालमा कोरोना संक्रमणबाट हालसम्म ५६ जनाले ज्यान गुमाएका छन्।
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल