बझाङमा क्वारेन्टाइनबाट घर पठाइएका २५ जनामा कोरोना संक्रमण देखियो
हेल्थ टिभी अनलाइन \डडेल्धुरा : बझाङमा अहिलेसम्मकै बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार एकै दिन केदारस्युँका २५ जना, छबिसपाथिभेराका १ जना र मष्टाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यी मध्ये २५ जना क्वारेन्टाइनमा राखेर स्वाब संकलन गरी घर पठाइएकाहरु रहेका छन्।
यो सँगै बझाङमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या १ सय ९९ पुगेको छ । शुक्रबार केदारस्युँ गापाका वडा नम्बर ६ र ७ का ९ महिला र १६ पुरुष गरी २५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बझाङका कोरोना फोकल पर्सन नारायण जोशीले बताए ।
छबिसपाथिभेरा ७ नम्बर ४२ वर्षिय पुरुष र मष्टाका एक पुरुषमा कोरोना संक्रमण देखिएको उनले बताए । केदारस्युँ गाउँपालिकामा संक्रमण देखिएकाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परिक्षण गरिएको हो भने छबिसपाथिभेरा गाउँपालिका र मष्टा गाउँपालिकामा संक्रमण देखिएकाहरुको सेती प्रादेशिक प्रयोगशालामा परीक्षण गरिएको स्वास्थ्य कार्यालय बझाङले जनाएको छ ।
केदारस्युँ गाउँपालिकाका संक्रमितहरु १४ दिन क्वारेन्टाइनमा बसेर पीसीआर परिक्षणका लागि स्वाब संकलन गरेर एकहप्ता अगाडी घर पठाइएको थियो ।
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?