डडेल्धुरा अस्पतालका चिकित्सक माथी हातपातको प्रयास
शेर भण्डारी \डडेल्धुरा : डडेल्धुरा अस्पतालले चिकित्सकमाथि हातपातको प्रयास भएको भन्दै आपत्ति जनाएको छ।
बिहिबार साँझ भएको दुर्घटनाका घाइते तथा अन्य विरामीहरुको उपचार गरिरहेका बेला एक समूहले चिकित्सकमाति हातपात गर्ने प्रयास गरेको भन्दै अस्पताल प्रशासनले कारवाहीको माग गरेको छ।
शुक्रबार एक विज्ञप्ति निकाल्दै अस्पतालले भनेको छ ‘भिड हुनेगरी १५ देखि २० जनाको समूह आकस्मिक कक्षमा प्रवेश गरेको तथा भिड नगर्न अनुरोध गर्दा ड्युटीमा रहेका चिकित्सकमाथि हातपातको प्रयास भएकोमा अस्पताल प्रशासन, अस्पताल तथा विरामीहरुको सुरक्षाप्रति संवेदनशिल भइदिनहुन सबैमा अनुरोध गर्दछ। साथै उक्त घटनामा संलग्न व्यक्तिहरुलाई नियमानुसार कारवाही गर्न प्रशासन समक्ष माग गरिसकेको जानकारी गराइन्छ।’
यस विषयमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले घटनाको अनुसन्धान भइरहेको र दोषीमाथि कारवाही प्रक्रिया अगाडी बढाइने बताए।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम