डडेल्धुरा अस्पतालका चिकित्सक माथी हातपातको प्रयास

शेर भण्डारी \डडेल्धुरा : डडेल्धुरा अस्पतालले चिकित्सकमाथि हातपातको प्रयास भएको भन्दै आपत्ति जनाएको छ।
बिहिबार साँझ भएको दुर्घटनाका घाइते तथा अन्य विरामीहरुको उपचार गरिरहेका बेला एक समूहले चिकित्सकमाति हातपात गर्ने प्रयास गरेको भन्दै अस्पताल प्रशासनले कारवाहीको माग गरेको छ।
शुक्रबार एक विज्ञप्ति निकाल्दै अस्पतालले भनेको छ ‘भिड हुनेगरी १५ देखि २० जनाको समूह आकस्मिक कक्षमा प्रवेश गरेको तथा भिड नगर्न अनुरोध गर्दा ड्युटीमा रहेका चिकित्सकमाथि हातपातको प्रयास भएकोमा अस्पताल प्रशासन, अस्पताल तथा विरामीहरुको सुरक्षाप्रति संवेदनशिल भइदिनहुन सबैमा अनुरोध गर्दछ। साथै उक्त घटनामा संलग्न व्यक्तिहरुलाई नियमानुसार कारवाही गर्न प्रशासन समक्ष माग गरिसकेको जानकारी गराइन्छ।’
यस विषयमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले घटनाको अनुसन्धान भइरहेको र दोषीमाथि कारवाही प्रक्रिया अगाडी बढाइने बताए।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा