पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : ललितपुरस्थित पाटन अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत ६५ वर्षीया एक संक्रमित महिलाको आज बिहान मृत्यु भएको निर्देशक डा विष्णु शर्माले बताएका छन्।
उनले हेल्थ टिभी अनलाइनसँग कुरा गर्दै भने, ‘वीरगञ्ज घर भई थसीखेल बस्दै आएकी ६५ वर्षीया महिलाका उपचारककै क्रममा मृत्यु भएको हो । डा शर्माले उनी प्राइभेट अस्पतालमा भर्ना भई उपचार गराइरहेको अवस्थामा कोरोना परीक्षण गर्दा कोरोना पुष्टि भएपछि साउन ६ गते पाटन अस्पताल आएको बताए ।
निमोनियाको समस्या जटिल भएको अवस्थामा अस्पताल आएकाले कोभिड आइसीयूमा राखेर उपचार गरिएकोमा आज बिहान उनको मृत्यु भएको पनि डा शर्माले जानकारी दिए । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम