वीरगञ्जमा दुई दिनमा तीन जना संक्रमितको मृत्यु

हेल्थ टिभी अनलाइन \पर्सा : वीरगञ्जमा दुई दिनमा तीन जना संक्रमितको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ ।
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन कुमार उपाध्यायले बिहीबार दुई जना र शुक्रबार एक जनाको कोरोनाबाट मृत्यु पुष्टि भएको जनाए । यसरी मृत्यु हुनेहरुमा एक जना संक्रमितको उपचारकै क्रममा कोभिड अस्पतालमै मृत्यु भएको र एक जनको भने घरमै मृत्यु भएको र पछि कोरोना पुष्टि भएको हो ।
यसैगरी अर्को व्यक्ति वीरगञ्जकै व्यापारी रहेको र उनलाई केही दिन अघि कोरोना पुष्टि भएपछि अस्पतालमा रहेका बेला हिजो राति १२ बजे मृत्यु भएको बताइएको छ । यसरी दुई दिनमै वीरगञ्जमा तीन जना संक्रमितको मृत्यु पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमितको संख्या ५५ पुगेको छ ।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा