थप २७४ जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लामा गरी थप २७४ जनामा संक्रमण देखिएको हो । आज थपिएका नयाँ संक्रमितसँगै हालसम्म कोरोना संक्रमितको संख्या १९ हजार ५४७ पुगेको छ ।
हाल नेपालमा ५ हजार २ सय २७ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । यसैगरी आज मात्रै २२७ जना संक्रमित कोरोना जितेर डिस्चार्ज भएका छन्।
योसँगै नेपालमा कोरोना जितेर डिस्चार्ज हुनेको संख्या १४ हजार २४८ रहेको छ । काेराेनाबाट ५२ जनाले ज्यान गुमाएका छन्।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा