गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन \काठमाडौं : गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै बिहिबार ६ जिल्लाका ३८ जनामा कोरोना पुष्टि भएको जनाएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४ सय ७९ पुगेको छ । आज संक्रमण पुष्टि हुनेहरुमा स्याङ्जाका ११ जना, बाग्लुङका ६ जना, कास्कीका १४ जना, लमजुङका ३ जना, तनहुँका ३ जना, र नवलपरासीका १ जना रहेका छन्। संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसन सेन्टरमा लैजाने तयारी भएको निर्देशनालयका निर्देशक डा विनोद विन्दुले बताए ।
गण्डकी प्रदेशमा हालसम्म १२ सय ३० जना कोरोना जितेर डिस्चार्ज भएका छन्।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा