गंगालाल अस्पतालका दुई जना बिरामीमा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंको बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय ह्दय केन्द्रमा उपचाररत दुई जना बिरामीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
बुधबार काठमाडौं उपत्यकामा १५ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रायलले जनाएको थियो । सो मध्ये गंगालाल अस्पतालमा उपचाररत काठमाडौंका एकजना रहेकाे पाइएकाे छ । अस्पतालका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीले अस्पतालमा आएका दुई जना बिरामीका कोरोना देखिएको पुष्टि गर्दै एक जना काठमाडौंका र अर्का एक जना जनकपुरबाट आएको जानकारी दिए । यसका साथै डा अधिकारीले भने , ‘पूरा सतर्कताका साथ बिरामीको उपचार गरिएकाले अस्पतालको सेवामा भने कुनै असर पर्दैन्। ढुक्क भएर सेवा लिन आउन सकिन्छ ।’
काठमाडाैंका संक्रमित गंगालाल अस्पतालको गेट अगाडी नै रेस्टुरेन्ट चलाउने व्यक्ति रहेको खुलेकाे छ । जहाँ अस्पतालकै डाक्टर, कर्मचारीको चिया नास्ता खान बढी भिडभाड हुने गर्छ।
दुई जनालाई कोरोना संक्रमण देखिएपछि अस्पतालले उनीहरुको सम्पर्कका आएकाहरुको कन्ट्याक्ट ट्र्सिङ गर्ने काम इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले शुरु गरिसकेको जनाएकाे छ । गंगालाल अस्पतालमा यसअघि पनि बिरामीमा काेराेना संक्रमण देखिएकाे थियाे।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा